
काठमाडौं ।इलाम–२ का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् । प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै उनी इलाम विकासको कार्य योजनाको सूचि लिएर अर्थमन्त्री भेट्न अर्थमन्त्रालय पुगेका हुन्।
उनले विभिन्न मन्त्रालयमा मन्त्री,सचिवलाई भेटेर आफ्ना क्षेत्रका समस्याबारे जानकारी गराउँदै सहयोगका लागि आवश्यक बजेट पहल गरिदिन आग्रहसमेत गरेका छ।पूर्वाधार,कृषि,खानेपानी,पर्यटन,सामाजिक विकासलाई प्राथमिकता राखेका उनले अर्थमन्त्रीसमक्ष विभिन्न योजना पेश गरेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार अर्थमन्त्री पुनले सांसद नेम्वाङका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका छन्।
इलामको विकासका लागि नवनिर्वाचित सांसद सुहाङले अल्पकालीन र दीर्घकालीन रणनीतिका साथ अघि बढ्ने योजना बनाएका छन्।
