
काठमाडौं ।औषधि कम्पनी एस्ट्राजेनेकाले विश्वभरको बजारबाट ३ अर्बभन्दा बढी डोज कोभिड भ्याक्सिन फिर्ता लिने भएको छ।उसले भ्याक्सिन फिर्ता लिनुलाई व्यवसायिक निर्णय भनेको छ।
कोभिडको नयाँ भेरियल्ट लक्षित गरेर कयौं भ्याक्सिन बजारमा उपलब्ध भएकाले एस्ट्राजेनेको माग घटेकाले पनि फिर्ता लिइएको एस्ट्राजेनेकाले जनाएको छ।
अधिकांश अध्ययनले एस्ट्राजेनेका सहितका कम्पनीको कोरोना भ्याक्सिनले विश्वभरका करोडौं मानिसको ज्यान बचाएको देखाएको थियो।तर पछिल्लो समय भ्याक्सिनका कारण आफ्ना नातेदारको मृत्यु भएको र कयौंमा गम्भीर असर देखिएको भन्दै बेलायतको एउटा अदालतमा मुद्दा पर्यो ।मुद्दामा एस्ट्राजेनेकाले बुझाएको दस्तावेजमा भ्याक्सिनका कारण केही मानिसमा केही असामान्य साइड इफेक्ट देखिएको स्वीकार गरेको थियो ।
एस्ट्राजेनेकाले नोभेम्बर २०२० मा कोभिड भ्याक्सिन ल्याएको थियो ।
