
काठमाडौं।नेपालमा आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवन क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई)को क्षेत्रीय प्राविधिक बैठक बसेको छ।
बुधबार काठमाडौंमा सुरु भएको बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक,विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जना सहभागी भएका छन् ।
बैठकको व्यवस्था काउन्सिल अन इकोनोमिक पोलिसी (सीईपी) र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड सस्टेने बिलिटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले गरेको छ ।कर प्रणालीको निष्पक्षता,पारदर्शिता,दक्षता र प्रभावकारितामा सुधारका लागि सहकार्य गर्नु छफफलको प्रमुख उद्देश्य रहेको विभागले जनाएको छ ।
गत वर्ष फिलिपिन्सको मनिलामा सम्पन्न क्षेत्रीय कार्यशालाले एटीआईको कार्यशालामा काठमाडौँमा गर्ने निर्णय गरेको थियो।यसलेसदस्य मुलुकहरूबीचको सहकार्य थप बलियो बनाउन,कर प्रशासनलाई पारदर्शी,जवाफदेही र प्रभावकारी बनाउन तथा वित्त परिचालनमार्फत समावेशी र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न कार्यशालाले मागदर्शन प्रदान गर्ने विश्वास गरिएको छ।
राजस्व परिचालन र कर छुटसम्बन्धी नीतिहरुमा समीक्षा गर्दै आगामी नीतिबारे सामूहिक धारणा बनाउनेकार्यशालाको नाम दिइएको सो बेठकमा नेपालका तर्फबाट संघीय संसद सचिवालय,अर्थ मन्त्रालय,आन्तरिक राजस्व विभागका प्रतिनिधि सहभागी छन्।
संस्थागत साझेदारका रूपमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधि पनि कार्यशालामा सहमभागी भएका छन्।
कार्यशालाले नेपालको कर प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन क्षतमा विकास गर्नुका साथै नेपालले कर प्रशासनका क्षेत्रमा हासिल गरेका अनुभवबारे सदस्य राष्ट्रहरूलाई अवगत गराउन फलदायी हुने आशा लिइएको बताइएको छ।
