नेपाली कांग्रेसको अवरोधपश्चात प्रतिनिधि सभाको बैठक स्थगन

काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसको अवरोध पश्चात प्रतिनिधि सभाको बैठक स्थगन भएको छ ।सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएको थियो ।

त्यसपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएका थिए । तत्पश्चात अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गरेका थिए।सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेपछि कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरे ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग गरेको छ।

दोस्रो बैठक आरम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि अध्यक्ष दाहालले सो दलका सांसद कृष्णबहादुर रोकायलाई बोल्न समय दिए।सांसद रोकायले विपक्षीले उठाउँदै आएको सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनका कार्यसूची अघि बढ्न नसक्ने स्पष्ट पार्दै थिए।अवरोध गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो।

विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ १ गते मङ्गलबार अपरान्ह ५ः३० बजेसम्मका लागि बैठक स्थगन गरेको स्रोतले बताएको छ।