फेक अकाउन्ट बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्‍यूरोले मकवानपुर घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्‍ने २४ वर्षी फुर्साङ रूम्बालाई जडिबुटीबाट पक्राउ गरेको हो ।पक्राउ परेका फुर्साङलाई विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहँदा सामाजिक सञ्जालको दुरूपयोग गरी फेक अकाउन्ट बनाएर पीडित महिलाहरूका सामाजिक सञ्जालमा गोप्य अङ्गहरुको फोटो र भिडियो पठाउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ।