
काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् ।
प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष र नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् ।
उनले अन्य विभिन्न व्यावसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन् । अध्यक्षमा चयन भएपछि उनले कम्पनीको व्यावसायिक क्षमता अभिवृद्धिका साथै निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धिका थप योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इन्स्योरेन्स सदस्यहरूमा सञ्चालकको तर्फबाट मिजास भट्टचन,राहुल थोकर लामा र शान्ता गौतम चयन भएका छन् । त्यस्तै सर्वासाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन् ।
