मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ।जसका कारण देशको विभिन्न भागमा मौसम बदली भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

बागमती,कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन,हावाहुरी एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।यस्तै देशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेश र लुम्बिनी प्रदेशलगायत कोशी,बागमती,गण्डकी कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन,हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।रहेको महाशाखाले जनाएको छ ।