
काठमाडौं ।संघीय संसदका दुवै सदनको बैठक बस्दैछ।प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दै छ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।भने,उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक–२०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची भएको जनाइएको छ।
शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेसँगै संसद बैठक आज सहज रुपले चल्ने अपेक्षा गरिएको छ।
समितिको क्षेत्राधिकारको मस्यौदा तयार पार्न कानुनमन्त्री पदम गिरीको संयोकत्वमा एमालेका महेश बर्तौला,कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेको कार्यदल गठन गर्ने दलहरुबीच सहमति भएको छ।
सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको थियो।
