
लण्डन ।इंग्लिस क्लब म्यानचेस्टर सिटीका फिल फोडेन र खदिजा शाँ प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित भएका छन् ।
मिडफिल्डर फोडेनले मेन फुटबलर अफ द इयर तथा फरवार्ड खदिजाले वुमन फुटबलर अफ द इयरको अवार्ड हात पारेका हुन् ।
फोडेनले जारी सिजनमा सिटीका लागि २४ गोल गर्नुका साथै १० गोलका लागि सहयोग गरेका छन् ।
भने,जमैकाकी खदिजाले सिटीकै अलेक्स ग्रिनवुड र चेल्सीकी लाउरेन जेम्सलाई पछि पार्दै सिटीका लागि २१ गोल गरिसकेकी छिन् ।
