रानीटारी –घुम्ती मार्ग १६ दिन बन्द हुँने

तनहुँ ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ।स्तरोन्नतिका काम भइरहेकाले आज जेठ ६ गतेदेखि २१ गतेसम्म बाटो पूर्णरूपमा बन्द गरिएको हो।

पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारीदेखि हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले बताए। व्यास–५ को रानीटारी,म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उनले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गरे।

व्यास नगरपालिका–५ रानीटारीदेखि म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ।

उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ।