गीतकार प्रमिला बस्नेतको ‘यो जिन्दगीको‘ सार्वजनिक

मनिषा गरुङ

काठमाडौं ।गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको ‘बोलको गीत बजारमा आएको छ।यस गीतमा गायिका अन्जु विश्वकर्माले स्वर दिएकी छिन्।

साथै सरोज प्याकुरेलको संगीत,फडिन्द्र राईको एरेन्जमा गीत निमार्ण गरिएको छ।गीतमा प्रेमील जोडिबीचको भावनात्मक सम्बन्धलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ।

प्रेमीकाको मनको कुरा बुझ्ने माया(प्रेमी) पाएको कुरालाई गीतले उजागर गरेको छ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण भएको छ।भने,यस गीतमा भोला पौडेलले रेकडिंङ र मिक्सिङ गरेका छन्।