राष्ट्रिय वाणिज्य बैंकको सिईयोमा खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकिएसँगै सो पद रिक्त थियो ।

सीईयो बन्न २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो । खनालको कार्यकाल चार वर्षको हुनेछ ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।