कालीकोटमा जीप दुर्घटनाः सात जना घाइते, अवस्था गम्भीर

कालिकोट । कालिकोटमा जिप दुर्घटना सात जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

घाइते हुनेहरू सबै शुभकालिकाकै स्थानीय रहेको बताइएको छ । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको सो जिपमा सडकबाट तल खोलामा खसेको छ ।

घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।