
काठमाडौं । बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको छ । बैंकले जेठ ११ गते निक्षेप सङ्कलन बोलकबोल मार्फत ७ दिनका लागि ३५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।
पछिल्लो समय बैङ्किङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहे पनि कर्जा भने माग हुन सकेको छैन । जसका कारण तरलता थुप्रिरहेको अवस्था छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार जेठ ७ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ९४ अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब १३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
समीक्षा अवधिमा ८०.३२ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैङ्कहरूसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैङ्कहरूसँग पर्याप्त तरलता रहेकैले अन्तर बैङ्क ब्याजदर २।९२ प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२० प्रतिशतमा खुम्चिएको छ ।
