
काठमाडौँ ।अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई आफ्नो विवरणसहितको निवेदन फारम २१ दिनभित्र बुझाउन आग्रह गरेको छ ।
आयोगले आज एक सुचना जारी गर्दै कारोबारका क्रममा ऋण लिने व्यक्ति र ऋण र कर्जा दिने व्यक्तिबिच आपसमा भएको लेनदेनसम्बन्धी विषयहरूको सुरुदेखि हालसम्मको अवस्थाको यथार्थ विवरण खुल्ने गरी फारम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो ।
अनुचित लेनदेन कारोबारसम्बन्धि लिखत,भरपाई,टिपोट,शर्तनामा वा सम्झौता लगायत जो भएका लिखतहरूको प्रतिलिपि वा फोटोकपीसमेत साथै राखी निवेदन फारम दर्ता गर्न आयोगले सूचनामार्फत आग्रह गरेको छ ।

