कैलाश सिरोहिया प्रकरणः म्याद थपका लागि अदालत लैजाने तयारी

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । नागरिकता किर्ते सम्बन्धि कसुरमा पक्राउ परेका उनलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत धनुषा लैजाने तयारी गरिएको हो ।

बिहीबार नै उनको म्याद सकिएको भएपनि सार्वजनिक बिदा परेकाले शुुक्रबार लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई सोही राति स्थलमार्गबाट जनकपुरधाम ल्याएर अदालतमा पेश गरिएको थियो ।