आज नीति तथा कार्यक्रम पारित हुँदै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको नीति तथा कार्यक्रम पारित गरिदैं छ ।सभाले आज शुक्रबार पारित गर्ने सम्भावित कार्यसूची हिजै सभामुख देवराज घिमिरेसँगको समन्वयमा सो कार्यसुचि तय गरेको हो ।

संसद् सचिवालयले आज बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी सम्भावित कार्यसूची तय गरेको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसुचि छ।

त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ ।प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ ।

संसद् सचिवालयका अनुसार  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनको प्रस्ताव राखेर छुट्टाछुट्टै संशोधनको सूचना दिएका छन् ।