पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु, तीनजना सकुशल

काठमाडौँ । इलामको माई नगरपालिकामा पौडी खेल्न गएका दुई जना बालकको बिहीबार मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बे छन् ।

अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको उनले बताए ।

दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको ढकालले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।