काठमाडौं । टोखा नगरपालिका १० बानियाँटार हाटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । बानियाँटार हाइटस्थितस्थित ३५ वर्षीय खेम नारायण चालिसेको घरमा आगलागी हुँदा भाडामा बस्ने कालिञ्चोक गाउँपालिका २ का २१ वर्षीय किरण बुढाथोकीको जलेर मृत्यु भएको प्रहरीले बताएको छ ।
गएराति किरणको कोठामा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका उनको त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै आगलागीबाट करिब १५ लाख रूपैयाँ बराबरको धनमा क्षति भएको छ। आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
