
काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आज अनुपम भट्टराईले रिट दर्ता गरेका हुन् ।
निवेदकले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गरेका छन् ।
पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ । यसअघि उक्त रिट दरपिठ भएको थियो । बदर माग गरेर इजलासमा निवेदन दिएपछि अदालतले दर्ता गर्न आदेश भएको थियो ।
उक्त रिटको पेशी बुधबार लागि तोकिएको छ ।
