
धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
यही जेठ ८ गते नागरिकता किर्ते अभियोगमा पक्राउ परेका सिरोहियालाई जिल्ला अदालत धनुषाले हिजो साँझ तेस्रो पटक तीन दिनको म्याद थपेको हो ।
यसअघि पनि सिरोहियालाई अदालतले ३/३ दिनको म्याद थपेको थियो ।
