पोखरा । गण्डकी प्रदेशको आजको लागि बोलाइएको संसद बैठक स्थगित भएको छ । प्रदेशको सरकार फेरिने भएपछि मंंगलबारका लागि डाकिएको बैठक स्थगित गरिएको हो ।
बजेटको प्राथमिकता र सिद्धान्त संसदमा टेबुल गर्ने गरी दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताइएको छ ।
यसअघिको प्रदेश सभाको बैठक जेठ ११ गते बसेको थियो । बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न भनेर बोलाइएको बैठक प्रतिपक्षी सांसदहरू अनुपस्थित भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो ।
सामान्यतया बजेट पेस हुनुभन्दा १५ दिन अगाडि नै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने हुन्छ । प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान भएपनि राजनीतिक उथलपुथलले प्रदेशको बजेट अलपत्र परेको छ ।
