
एजेन्सी । अस्ट्रेलियाको सिड्नीको समुद्रमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिदा दुई जनाको मृत्यु भएको छ ।
सेभेन न्यूजका अनुसार २२ र २५ उमेरका दुई नेपालीहरूको मृत्यु भएको हो । दक्षिण सिड्नीको समुद्र किनारमा सोमबार दिउँसो पौने तीन बजे ज्यान गएको थियो ।
उनीहरु उच्च जोखिम क्षेत्रमा लाइफ ज्याकेट नलाईकन माछा मार्न गएको बताइएको छ ।
