प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गर्दै काँग्रेस

काठमाडौं । आजको प्रतिनिधि सभाको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ ।

पत्रकार सम्मेलनमार्फत कांग्रेसले संसदीय समिति गठन, सहमतिलगायत विषय जानकारी गराउने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कार्यदलको कार्यादेश, कार्यावधि र कार्यपद्धतिको विषय पनि पत्रकार सम्मेलनमा जानकारी गराइनेछ ।

मंगलबार नै प्रतिनिधिसभाको बैठकबाट संसदीय समिति छानबिन समिति घोषणा हुँदै छ ।