कोशी प्रदेश सरकारबारे आज सर्वाेच्चमा पेशी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको आज पेशी हुँदैछ ।

बैशाख २६ गते मुख्यमन्त्री पदबाट केदार कार्कीलाई स्वत पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त गरेका थिए । केदार कार्की पनि सोही उपधारा अनुसार २७ असोजमा नियुक्त भएका थिए ।

सरकार गठनका विरुद्ध पूर्व मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेका थिए ।