दैलेख । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको छ । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका हुन् ।
उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भइसकेको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।
कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।
