
काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष पद मान्छेहरूको स्वार्थ बिसाउने चौतारो मात्रै भएको भन्दै अब सातै प्रदेशमा उपाध्यक्ष पद आवश्यक नभएको बताएका छन्।
शनिवार राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस् भन्ने आशा व्यक्त गरे ।नेतृत्व चयनमा अप्ठेरो परे पार्टीमा आउन तथा राष्ट्रिय एकताको विपरीतमा हुने कुनै काममा नलाग्न उनले निर्देशन समेत दिए ।
उनले भने,‘युवा संघमा नेतृत्वको लफडा सुन्न नपरोस्, सुन्नै नपरोस्,नेतृत्व र पदका लफडा । अप्ठेरो पर्यो भने पार्टीमा सोध्न आउनुस्,कसलाई बनाउने हामी भन्दिन्छौं।हामीले कामको मूल्यांकन गरेर बसेका छौं नभनेका मात्रै हौं ।
हामी धेरै भन्दैनौं,कसको कहाँ सच्याउनुपर्ने,तर अध्यक्ष एउटै हुने हो।उपाध्यक्ष ७ वटा चाहिने कुरा होइन,तैपनि पार्टीमा पनि छ उपाध्यक्ष,तर चाहिने कुरा होइन।मान्छेहरुको स्वार्थ बिसाउने ठाउँ चाहिने नि त चौतारो।त्यो स्वार्थ बिसाउने ठाउँमा मात्रै हो।प्रदेश–प्रदेशमा उपाध्यक्ष चाहिँदैन भन्छ।किन चाहिएको छ ? सकेसम्म सच्याउनुस्।’साथै कार्यक्रममा अध्यक्ष ओलीलेकसैले गलत काम गर्छ भने त्यसलाई सम्झाउनु पर्ने भन्दै युवाहरुले गलत कामको विरोध गर्न सक्नुपर्ने बताए।
उनले भने,‘यो हामीले बाँच्नुपर्ने समाज हो।हामीले सास फेर्ने समाज हो।हामीले सास फेर्ने समाज कस्तो हुनुपर्छ भनेर भन्ने हामीलाई अधिकार छ,हाम्रो कर्तव्य पनि हो।’कार्यक्रममा उनले
काठमाडौं महानगरपालिकाले हालै सडक विभाग र काठमाडौं डिभिजन सडक कार्यालयको गेट अगाडि फोहोर थुपारिदिएको घटनालाई लिएर कामपाका मेयरले तानाशाही प्रवृत्ति देखाएको टिप्पणी समेत गरे ।
