
काठमाडौं।नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ।संसद भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा अहिले साढे १२ बजे बैठक बस्न लागेको हो।
बैठकपछि पछिल्लो विकशित राजनीतिक घटनाक्रम,सरकारले संसदमा पेस गरेको बजेट लगायतको बिषयमा छलफल हुने जनाइएको छ।सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमाथि भोलिबाट छलफल सुरु हुँदैछ।
बैठकमा सांसदहरुलाई बजेटको पक्षमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रभावकारी भूमिका खेल्न निर्देशन दिने तयारी गरेका छन्।
यस्तै,बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि सत्ता समीकरणमा उठेको आशंकाको बिषयमा पनि छलफल हुने जनाइएको छ।
