पासपोर्टको आयातमा गिरावट

काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० को तुलनामा चालु आर्थिक वर्षको १० महिनामा पासपोटको आयातमा गिरावट आएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष १० महिनाको तुलनामा यस वर्षको १० महिनाको तुलनामा पासपोर्ट आयातमा झण्डै पाँच करोड रुपैंयाँ बराबरको गिरावट आएको हो ।

गत आर्थिक वर्षको १० महिनाको अवधिमा एक अर्ब ७९ करोड ८८ लाख रुपैयाँको पासपोर्ट भित्रिएको थियो । जुन चालू वर्षको १० महिनाको अवधिमा १एक अर्ब ७४ करोड रुपैयाँमा सीमित बनेको हो ।

विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा डेढ अर्ब रुपैयाँभन्दा बढीको पासपोर्ट आयात भएको थियो ।

यस अवधिमा विदेशबाट ५६ हजार वटा पासपोर्ट आयात भएको छ । गत वर्षको सोही अवधिमा ६२ हजार ८४५ वटा पासपोर्ट आयात भएको तथ्याङ्कमा छ । नेपालमा आउने सबै पासपोर्ट फ्रान्सबाट आयात भएको छ ।