एमाले पोखराको अध्यक्षमा जीवन आचार्य

पोखरा । नेकपा एमाले पोखरा महानगरपालिकाको अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी दीपक पौडेललाई ६७ मतान्तरले पराजित गर्दै आचार्य विजयी भएका हुन् ।

आचार्यले २ सय ७७ मत पाउँदा पौडेलले २ सय १० मत पाए । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको थियो । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।