काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.९७ अंकको गिरावट आएको छ । आज नेप्से ०.१९ प्रतिशतले घटेर २०७९.०७ विन्दुमा आएर रोकिएको छ ।
आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार चार अर्ब ३१ करोड १० लाख १५ हजार ६२९ रूपैयाँको कारोबार भएकोमा सोमबार चार अर्ब ४० लाख ७० हजार २४३ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ कमी आएको हो। यस दिन ३१६ वटा धितोपत्रको ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ११० कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६६ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६७० रूपैयाँ कायम भएको छ।
