लुम्बिनी प्रदेशको १२ औं मन्त्रीमा कृष्णा

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रीका रुपमा कृष्णा केशीले शपथ लिएकी छन् । १२ औं मन्त्रीका रुपमा उनले शपथ लिएसँगै लुम्बिनी सरकारले पूर्णता पाएको छ ।

यसअघि १० वटा मन्त्रालय रहेकोमा भागबन्डा मिलाउन सरकारले १२ वटा मन्त्रालय पुर्‍याएको थियो । मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । महराले सोमबार नेकपा माओवादीबाट बाँके निर्वाचन क्षेत्र नं १ को १ बाट निर्वाचित कृष्णा केसीलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा नियुक्त गरेका हुन् । उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।

महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत वैशाख १२ गते मुख्यमन्त्री महराले मन्त्रिपरिषद्को विस्तार गरे पनि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय आफैंसँग राखेका थिए ।