नेपाली खेलाडीको मनोबल उच्च राख्ने गृहमन्त्री : जर्सी लगाएरै कार्यकक्षमा भेटवार्ता

काठमाडौं । यद्यपी अमेरिकामा भएको टी–२० विश्वकपको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको पराजय भोग्नु प¥यो ।

हिजो टी २० विश्वकपमा नेपालले नेदरल्याण्डससँग पहिलो खेल खेल्दै थियो यता नेपालीहरु पनि निकै उत्साहित थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले समेत नेपाली क्रिकेट खेलाडीको मनोबल उच्च पार्न र टीमको समर्थनमा दिनभर नेपाली क्रिकेटको जर्सी लगाएरै मन्त्रालयमा कार्यसम्पादन गरेका थिए ।

विभिन्न भेटवार्तामा पनि उनि जर्सीमै देखिन्थे ।यस्तै गरेर रास्वपाका सांसदहरुले पनि खेलाडीहरुको समर्थनमा संसद भवनबाहिर जर्सी लगाएर तस्बिर खिचाएका थिए ।

यता नेपालले अमेरिकामा टी २० विश्वकप खेलिरहँदा काठमाडौंको टुँडिखेलमा ठूलो भीड थियो। काठमाडौं महानगरपालिकाले ठूलो स्क्रिनमा खेल हेर्ने व्यवस्था मिलाएकाले काठमाडौंबासी त्यहाँबाट खेल नियालीरहेका थिए भने नेपालको जीतको कामना गरिरहेका थिए।

टस हारेर पहिले ब्याटिङमा होमिएको नेपालले स्कोरबोर्डमा १०६ रन मात्रै चढाउन सक्यो ।
१०७ रनको झिनो लक्ष्य रक्षा गर्न नेपालका बलरहरुले साहसिक प्रदर्शन गरे ।उनीहरुले ब्याट्सम्यानहरुलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राखेका थिए ।

तर, महत्वपूर्ण समयमा महत्वपूर्ण ब्याट्सम्यानको क्याच मिस गर्नु नेपालका लागि घातक बन्यो ।
नेदरल्यान्ड्सले भने कुनै पनि क्याच मिस नगरि उत्कृष्ट फिल्डिङ गर्यो ।दुई टिमको फरक भनेकै फिल्डिङ थियो ।