कर्णाली नदीमा एक जना बेपत्ता

 

धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।

बुधबार साँझ करिब पौने ५ बजेको समयमा मोहन्याल गाउँपालिका ४ स्थित कर्णाली नदीमा नुहाउने क्रममा ४१ वर्षीय धनबहादुर पुन डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका १ जिमरी घर भएका पुन मोहन्याल सामुदायिक वनमा खोटो निकाल्ने काम गर्दै आएका थिए ।

बुधबार उनी कर्णाली नदीमा नुहाउने पुगेका थिए तर नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । अहिले इलाका प्रहरी कार्यालय पण्डौनको टोलीले उनको खोजी जारी राखेको छ ।