काठमाडौं ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति सेवा पुरस्कारका लागि सम्बन्धित सरकारी निकायहरुलाई कर्मचारी सिफारिस गरी नाम पठाउन आग्रह गरेको छ।
शुक्रबार मन्त्रालयको कर्मचारी कल्याण शाखाले यसका लागि राष्ट्रपति कार्यालय लगायतका विभिन्न निकायलाई पत्रचार गरेको छ।
पत्र हेर्न यहाँ क्लिक गर्नुहोस् : nn n
पत्रमा २०८१ को अवसरमा प्रदान गरिने निजामति सेवा पुरस्कारका लागि निजामति सेवा २०५० को अनुसूची १७ क. बमोजिमको कार्यविधि अनुसार कार्यालयहरुबाट संलग्न बमोजिमको ढाँचामा कर्मचारी सिफारिस गर्न अनुरोध गरिएको व्यहोरा उल्लेख गरिएको छ ।
