एमाले नुवाकोटको अध्यक्षमा मैनाली पुनः निर्वाचित

मनिषा गुरुङ

नुवाकोट।नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली पुनः निर्वाचित भएका छन् ।

हालै सम्पन्न पार्टीको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षका प्रत्यासीद्वय बुद्धिबहादुर प्रधान र माधवप्रसाद तिवारीलाई पछि पार्दै उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

निर्वाचित मैनालीले जम्मा ५ सय ९२ मतमध्ये ३ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन्।भने,उनका प्रतिष्पर्धी प्रधानले २ सय ३७ र तिवारीले जम्मा १० मत प्राप्त गरेका थिए ।

त्यस्तै गरि उपाध्यक्षमा राजेन्द्ररमण खनाल निर्वाचित भएका छन् ।,उनले ३४७ मत पाएका छन् ।भने ,उनका प्रतिस्पर्धी सुदर्शन नेपालले २४५ मत  पाएका छन् ।

त्यस्तै सचिवमा शिव चित्रकार,उप–सचिवमा राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रामकृष्ण खड्काले जानकारी दिएका छन् ।

निर्वाचन अधिकृत खड्काका अनुसार अधिवेशनबाट २८ जना सर्वसम्मत निर्वाचित भएका थिए ।

अधिवेशनमा कुल ६ सय १७ जना प्रतिनिधिको सहभागिता रहेको एमाले नुवाकोटले जनाएको छ ।