
मनिषा गुरुङ
काठमाडौं।नेपाली रेमिटेन्सको क्षेत्रमा अब्बल बन्न पुगेको आइएमईले आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ ।
स्थापना कालदेखि २४ औं वार्षिक उत्सव मनाइरहँदा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित भएको छ।
“डिजिटल रुपान्तरणलाई अँगाल्दै” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आएको सो कम्पनीले बुधबार स्थापनाको २४ औँ वार्षिकोत्सव अवसरमा काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरेर वार्षिक उत्सव मनाएको हो।
कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यावसायिक यात्रा बारे स्पष्ट पारेका थिए।उनले आइएमईले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा मानिएको रेमिटेन्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्राउने र यसको व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान पुर्याउने कम्पनीको रूपमा योगदान पु¥याउँदै आएको जिकिर गरे।
साथै उनले रेमिटेन्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही नागरिकको शिक्षा,स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बनेर राष्ट्रकै आर्थिक विकासमा टेवा पु¥याउँदै आएको बताए।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै उनले २४ वर्षको यात्रामा निरन्तर सहयोग गर्नुहुने सेवाग्राहीहरू,नेपाल सरकार,नेपाल राष्ट्र बैङ्क,नियमनकारी निकायहरू,व्यावसायिक साझेदारहरू,कर्मचारीहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गरेका छन् ।वैधानिक रुममा रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने उनको भनाई छ।
त्यसैगरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य,प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए ।
नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत आइएमईले विदेशमा कार्यरत नेपालीहरूले पठाएको रकम देशका विभिन्न स्थानमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको दाबी गरेको छ ।
