आज तीनवटा संसदीय समितिको बैठक ,विधायन व्यवस्थापन समितिको दिउँसो १ बजे

काठमाडौं। आज एकैदिन तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।

बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरूको सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह सवा १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।