
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारमा भएका व्यक्तिहरुको कुरा सुन्दा यो सरकार केही समयपछि भताभुङ्ग हुने बताएका छन्।
शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवादमा बोल्दै उनले सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आगामी आर्थिक वर्षको बजेटबारे आलोचना गरिहेका कारण अर्थतन्त्र निर्माणका सम्बन्धमा राज्य अल्मल्लिएको स्पष्ट भएको बताए।भने,यस प्रकारको शैलि र बजेटबाट नागरिकले के आशा राख्ने ? भन्दै सरकारलाई प्रश्न गरे।
कार्यक्रममा उनले अहिलेको बजेट नेपाली जनताको जीवन सुधारमा निर्णायात्मक भूमिका नखेल्ने जिकिर गरे । भने,सरकारमा सहभागी मान्छेहरुको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने आशंका व्यक्ति गरे।
