कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा रहन्छ : उपसभापति खड्का

कञ्चनपुर।नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

शनिबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित नेपाली कांग्रेस कञ्चनपुरको ‘जिल्ला सम्मेलन उद्घाटन समारोह’मा बोल्दै उपसभापति खड्काले कांग्रेस परिर्वतनको बाहक भएकाले सत्ताको पछि नलागी सकारात्मक प्रतिपक्षका रुपमा रहने जिकिर गरे।

खड्काले भने, “संविधानको रक्षा गर्दै मुलुकको विकासमा कांग्रेसले सदैव बलियो जग बनाउँदै आएको छ । सत्ता सञ्चालन हुन नसकेर कांग्रेसतिर फर्किन लाग्यो भने नेतृत्व लिन पार्टी तयार छ।”

साथै उनले पार्टी पुनःनिर्माण र रुपान्तरणमा कांग्रेस अग्रसर हुने र सङ्गठन विस्तार अभियानमा अब्बल बन्ने दाबी गरे।