मनकामना केबलकार असार ३१ गतेदेखि बन्द हुने

काठमाडौं । मनकामना केबलकार ५० दिन बन्द हुने भएको छ । केबलकारको स्तरोन्नतिका लागि असार अन्तिम सातादेखि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले एक सुचना जारी गर्दै बताएको छ ।

प्रालिका अनुसार असार ३१ गतेदेखि केबलकार सेवा बन्द हुनेछ । केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति गर्न र केबल तारको लठ्ठा फेर्ने कार्य गर्न बन्द गर्न लागिएको बताइएको छ ।