
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार छ सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सयमा कारोबार भएकोमा आइतबार बढेर एक हजार ८२० मा कारोबार भइरहेको छ ।
