जी–७ नेताहरूको आगामी शिखर सम्मेलन क्यानाडामा हुने

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले सन् २०२५ मा हुने जी–७ नेताहरुको अर्काे शिखर सम्मेलन क्यानाडामा आयोजना गर्ने घोषणा गरेका छन् ।

उनले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन कानानस्किस अल्बर्टामा आयोजना गर्ने घोषणा गरेका हुन् । क्यानाडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । रकी माउन्टेनहरूमा मनोरञ्जन र पर्यटनको लागि प्रख्यात कानानास्किस क्यालगरीबाट ७५ किलोमिटर पश्चिममा छ ।

यसले सन् २००२ मा, जी–७ को २८ औँ शिखर सम्मेलनको आयोजनासमेत गरेको थियो । उक्त शिखर सम्मेलनको अन्तिम विज्ञप्तिमा मा रूस समूहको वास्तविक पूर्ण सदस्य बन्ने घोषणा गरिएको थियो ।