काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७।०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार आइतबाट नेप्से घटेर दुई हजार ९५.२५ विन्दुमा आइपुगेको छ।
आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता सेयर ७१ हजार नौ सय ९७ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
होटेल तथा पर्यटन समूहको उपसूचक ०.०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लघुवित्त समूह १.७१ र अन्य विकास बैंक समूह १.२० प्रतिशतले घटेको छ।
नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
