जेफ बेजोस बने संसारकै धनी व्यक्ति

एजेन्सी । अमेजन अनलाइन सपिङ्ग सेन्टरका सिईओ जेफ बेजोस संसारकै धनी व्यक्ति बनेका छन् । ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार जेफ बेजोस एलन मस्कलाई पछार्दै विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा उक्लेका हुन् ।

सिईओ जेफ बेजोसको कुल सम्पत्ति २०६ अर्ब डलर रहेको छ।

ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्तिमा ३.१९ अर्ब डलरको कमी आएको छ। उनी दोस्रो स्थानमा झरेका छन्। उनको कुल सम्पत्ति २०३ अर्ब डलर रहेको छ।

यस्तै एसियाका सबैभन्दा धनी व्यक्तिको सूचीमा भारतका मुकेश अम्बानी पहिलो स्थानमा रहेका छन्। उनको कुल सम्पत्ति ११३ अर्ब डरल रहेको छ। उनी विश्वको १३ औँ सबैभन्दा धेरै धनी व्यक्ति रहेका छन्।