संघीयता सबलीकरण समितिको बैठक दिउँसो १ बजे,के के छन् एजेण्डा !

काठमाडौं ।राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ।

बैठक आज बिहिबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा श्रम तथा रोजगार,श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति,कानून, संरचना लगायत मन्त्रालयका कार्यगत विवरण,समस्या,भावी कार्ययोजना बारे छलफल हुने संसद् सचिवालयको भनाई छ ।