
काठमाडौं ।बागमती प्रदेश सभामा आजदेखि बजेटबारे छलफल हुँदै छ ।
आर्थिक वर्ष २०८१ ÷०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको बागमती प्रदेश सरकारले बजेटमाथिको छलफलका लागि बिहान ११ बजे प्रदेशसभा बैठक बोलाएको छ।
सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार बागमती प्रदेशमा असार ८ गते अर्थात पर्सिभित्रै सो बजेट पारित गर्ने कार्यसूची तय भएको छ।
