तारकेश्वरमा आजदेखि प्रारम्भ कप फुटसल प्रतियोगिता हुँदै

काठमाडौं ।आजदेखि तारकेश्वरमा प्रारम्भ कप फुटसल प्रतियोगिता हुँदै छ।

तारकेश्वर ८ मा रहेको प्रारम्भ वर्ल्ड स्कुल र कलेजको आयोजनामा शुक्रबारबाट प्रारम्भ कप फुटसल प्रतियोगिता हुने भएको हो।सेसन–२ अन्तर्गत यस प्रतियोगितामा तारकेश्वर नगरपालिका भित्रका १६ विद्यालय सहभागि हुने भएका छन् ।

१६ विद्यालयका १८ टिमले फुटसलमा प्रतिस्पर्धा गर्नेछन् ।फुटसल प्रतियोगितामा एसईई दिएर बसेका विद्यार्थी र कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरु सहभागी हुन् पाउनेछन्।

असार ७ र ८ गते प्रारम्भ वर्ल्डको फुटसल मैदानमा खेल सञ्चालन हुनेछ ।यसपटकको खेलमा प्रवेश शुल्क एउटा विद्यालयका लागि रु. ४ हजार लाग्नेछ । बिजेता विद्यार्थीहरुले प्रथम हुने टिमले १५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै दोस्रो हुनेले १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

तेस्रो पुरस्कारमा १० हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई समेत ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजक विद्यालयका प्राचार्य कमल ज्ञवालीले जानकारी दिएका छन्।