दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्छौं : मन्त्री साह

काठमाडौं।कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन्।

शुक्रबार एमाले निकट उद्योगी व्यवसायीहरूसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा कृषिमन्त्री साहले दुग्ध विकास संस्थानको समस्या दीर्घकालीन रूपमा समाधानका लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको बताएकी हुन् ।मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी तवरबाट सञ्चालन गर्ने गरी छलफल अघि बढेको उनले बताइन्।

दुग्ध विकास संस्थानलाई नयाँ ढङ्गले दीर्घकालीन रूपमा समस्या समाधान गर्ने गरी लान आवश्यक रहेको बताइन् ।उनले कर्मचारीले पनि उचित ढंगले कार्यसम्पादन गर्न पर्ने  बताइन्।उनले  संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने जिकिर गरिन् ।