
सीता पौडेल(अर्चना)
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८१ ÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
शुक्रबार मैजुहिटी स्थित टोखा नगरपालिकाको नगरसभाको १५ औं अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख प्रकाश अधिकारीले सो आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।आगामी आवको लागि १३५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर अधिकारीले ‘कला,संस्कृतियुक्त,स्वच्छ,समुन्नत टोखा नगर’ भन्ने दीर्घकालिन सोचलाई सार्थक बनाउन संविधानप्रदत्त अधिकार क्षेत्रमा नीति,कानुन निर्माण,कार्यान्वयन,अनुगमन र मुल्यांकनमार्फत नीति तथा कार्यक्रम तय गरिएको उल्लेख गरेका छन् ।

मेयर अधिकारीले प्रस्तुत गरेको आव ०८१÷८२ को नीति तथा कार्यक्रममा नव उद्यमी सिर्जना,स्वरोजगार,हिलोधुलो र खाल्डाखुल्डीरहित सडक,हरित शहर र सेवाग्राहीमैत्री शासन,पिउने पानीको सहज आपूर्ति,पिछडीएका वर्गको सशक्तीकरण,मितव्यीता,पारदर्शीता एवं उत्पादनमूलक खर्च प्रणालीलाई बढोत्तरी गर्दै समृद्ध टोखाःसुखी टोखावासी बनाउने नीति रहेको उल्लेख गरिएको छ ।

सो नगरसभाको उक्त बैठकमा नगरले तय गरेका उल्लेखित नीति कार्यान्वयन गर्न विभिन्न विषयगत क्षेत्रका कार्यनीतिहरु उनले प्रस्तुत गरेका छन् ।मेयर अधिकारीले उल्लेख गरेका कार्यनीतिहरुमा आर्थिक,सामाजिक,पूर्वाधार विकास र वातावरण तथा विपद् व्यवस्थापन जस्ता विषयगत क्षेत्रहरुलाई प्राथमिकताका साथ उजागर गरिएको छ ।
त्यस्तैगरि नगरले संस्थागत विकास,सेवा प्रवाह तथा सुशासन जस्ता विषयमा जोड दिएर नीति तय गरेको छ। नव उद्यमी सिर्जना,तथा विद्यमान उद्यमीको स्तरोन्नती,नगरवासीको सीप विकास गरि स्वरोजगारी बनाउने,श्रमीकहरुको क्षमता,दक्षता र विज्ञताको आधारमा रोजगारीमा आवद्धता,औद्योगिक ग्रमको स्थापनाको संभाव्यता अध्ययन र कार्यान्वयन तथा नेपाली बस्तुको प्रयोगसँगै नेपाली भएकोमा गर्व गर्ने वातावरण तयार गर्ने,टोखाको प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाको उपयोग गरि आर्कषक,रमणीय र पर्यटकीय गन्तव्यको रुपमा थप विकास गर्ने नीति लिएको छ।

बालअधिकारको संरक्षण,सामुदायीक विद्यालयको सुधार,मेयर दिवा खाजामा डाइट प्लान,पीपीसीपी मोडलका आधारमा विद्यालय शिक्षाको गुणस्तर बृद्धि,खेलकुद क्षेत्रको विकास,भूतखेल चौरलाई नगरस्तरीय खेलकुद मैदानको रुपमा विकास गर्ने लगायतका नीति नगरपालिकाले लिएको मेयर अधिकारीले उल्लेख गरेका छन् ।
यस्तै उनले आगामी आवदेखि योजना बैङ्कलाई पूर्णरुपमा कार्यान्वयनमा लाने,सेवाप्रवाहलाई चुस्त दुरुस्त बनाउन सेवाप्रवाहलाई एकिकृत स्वचालित प्रणालीमा आबद्ध गर्दै इ–गर्भनेन्स र लेस पेपर गर्भरनेन्स विधि लागू गरि डिजिटल नगरपालिकामा रुपमान्तरण गरिने जनाएका छन्।

यसैगरी नगरपलिकाले ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक चोक,मठमन्दिर,विद्यालय, वडालगायत सबै स्थानमा सडक बत्ती जडान गर्ने,नगरपलिकाले कर्मचारिलाई काम,कर्तव्य,अधिकार र जिम्मेवारी सहितको कार्य विवरण उपलब्ध गराई अतिरिक्त समय तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई प्रोत्साहन तथा पुरस्कृत र जीममेवारी पुरा नगर्ने कर्मचारीलाई कारवाही गर्ने लगायतका विषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरेको जनाएको छ।

मेयर अधिकारीले नगरपलिकालाई अवैतनिक रुपमा सहयोग गर्न इच्छुक विभिन्न विधामा ज्ञान,सीप,क्षमता, दक्षता अनुभव भएका व्यक्तिहरुको विषय क्षेत्रगत रोष्टर तयार गरि उनीहरुको क्षमतालाई नगरको हितमा प्रयोग गर्नुका साथै जेष्ठ नागरिकहरुको पुस्तान्तरण गर्ने कार्यलाई अभिप्रेरित गर्ने लगायतका नीतिसमेत तय गरेको सो बैठकमार्फत जानकारी गराएका छन्।
सो नगरसभाको बैठकले मेयर अधिकारीको प्रस्तावित निती तथा कार्यक्रमलाई सर्वसम्मतीले पारित गर्दै थप सुझाबसमेत प्रस्ताव गरेको थियो ।एतिहासिक धरोहर मैजूहिटीको संरक्षण,विकास र प्रवद्र्धन,एकल पुरुषको पनि एकल महिलालाई जस्तै सम्बोधन,६० ÷४० वा ५०÷५०को आधारमा हरेक टोलमा सीसी टीभि जडान,क्लोथ बैंक स्थापना,कर्मचारीले प्रयोग गर्ने सावारी साधनमा मोटरसाइकलको बीमा व्यवस्था,भ्रष्टाचारमूक्त नगर घोषणा लगायतका सुझाबहरु मौखिक र लिखित रुपमा प्रस्ताव गरेका थिए।

ती सुझाबहरुको संकलन गर्दै मेयर अधिकारीले सरल र सहज ढंगले सम्बोधन गरि सुझाबलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत जाहेर गरेका थिए।
बैठकमा नगर उपप्रमुख मुरारी तामा«ङ,प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बीसी,नगर कार्यपालिका सदस्यहरु,विभिन्न वडा अध्यक्ष वा जनप्रतिनिधिहरु,न्यायीक समितिका प्रतिनिधिहरु,नगर प्रहरीहरु लगायत नगरका विधिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको नगरपालिको न्यायिक समितिका सदस्य गोपी पाठकले जानकारी दिए ।

